nepal

सबैको भाग्यमा कहा श्री लेखेको हुन्छ र?

रू ४४ हजार ४ सय ४४ सहयोग पठाएका छौ। Video हेर्दा हेर्दै एउटा यस्तो Video आयो जसलाई २/३ चोटी हेरे, सोच्थे मलाई अहिले कस्तो गार्हो र दुःख छ भनेर हुन त मान्छेलाई जति नै भएनि कहा पुग्छ र? जीन्दगीमा कसैलाई केहि नराम्रो नगर्दा पनि भाग्य कति निर्दयी हुदोरहेछ? सबैको भाग्यमा कहा श्री लेखेको हुन्छ र? […]

सबैको भाग्यमा कहा श्री लेखेको हुन्छ र? Read More »

रू ३०,०००/- हजार सहयोग पठाएका छौ।

खोई संसार देख्ने र देखाउनेको यो भिडमा जिवन चल्ने र चलाउने चक्रमा आफ्नौ गर्भ बाहेकका छोराछोरीको आमा बनिरहदा कयौ बाबु आमाको सन्तान पनि बन्ने भाग्य सायद कसैलाई मिल्ला हुन त मातृभुमि भनेर जुन माटोले शरण दिएको छ त्यहि माटोले सिकाउदैन र सन्तानको माया? आफुले चलाईरहेको निर्जिव वस्तु त फाल्नु पर्दा चिन्ता गर्ने मानिस खै कसरी

रू ३०,०००/- हजार सहयोग पठाएका छौ। Read More »

क्यान्सरसंग लडिरहेकी कृति दाहाल बहिनीलाई चाडौ निको होस ।

रू ५०,००० सहयोग पठाएका छौ। जीवन अमुल्य छ र त बाच्ने चेष्टा भईरहन्छ,कतिपय कथाहरू कल्पनामा लेखिन्छन तर कति विपनाका कथा कल्पनामा पनि सम्झन मन लाग्दैन हो समयको यहि घडिसॅंग लड्दै एउटा शरीर फेरि पलाउने चेष्टा गरिरहेको छ जसरी रुखमा नया पालुवा पलाउछ, सपना थिए,छन र पुरा गर्नुछ हाम्रो कामना छ यही आत्मविश्वासले शक्ति प्रदान गरोस्

क्यान्सरसंग लडिरहेकी कृति दाहाल बहिनीलाई चाडौ निको होस । Read More »

देश डुब्दा हेरिरहन सकिन

३० हजार सहयोग पठाएका छौ भर्खरै एउटा क्यान्सरको बिरामिलाई सहयोग पठाएको थिए तर देश डुब्दा हेरिरहन सकिन। हरदिन बिहान फोन हेर्छु,अग्निमा चिता जलेको रापले मन पोलेको जस्तो पोलिरहन्छ,७२ सालको भुकम्पमा पनि सेवा गर्न पाएको थिए त्यो बेला धनले भन्दा मनले गरेको थिए २० जना जतिलाई जिवितै निकालेको थिए,मन पिरोलिरहन्छ, मातृभूमिमा हुन नपाउनुको पिडा,मन लाग्छ अहिले

देश डुब्दा हेरिरहन सकिन Read More »