रू ५०,००० सहयोग पठाएका छौ। जीवन अमुल्य छ र त बाच्ने चेष्टा भईरहन्छ,कतिपय कथाहरू कल्पनामा लेखिन्छन तर कति विपनाका कथा कल्पनामा पनि सम्झन मन लाग्दैन हो समयको यहि घडिसॅंग लड्दै एउटा शरीर फेरि पलाउने चेष्टा गरिरहेको छ जसरी रुखमा नया पालुवा पलाउछ, सपना थिए,छन र पुरा गर्नुछ हाम्रो कामना छ यही आत्मविश्वासले शक्ति प्रदान गरोस् देखाईदिनु संसारलाई अनि विधातालाई धुलोसरि विलिन हुने माटो होईन पथ्थर हु भिरमा पनि बाच्न सक्छु भनेर। समय बलवान छ सुख दुःख दुबै जिवनका पाटो हुन,यो समयलाई पार गरेर माथि उठ्न सक्ने साहस मिलोस। त्यहि साहश र अठोटमा एउटा ईट्टा थप्दै छौ र भविष्यको जग बलियो बनाउने सपना साकार पार्नेछौ। दुःख आयो ढिक्का बनेर तर फेरि फर्केर हेर्ने चेष्टा नगरोस। क्यान्सरसंग लडिरहेकी कृति दाहाल बहिनीलाई चाडौ निको होस घरमा बुवा पनि मुटु रोगी हुनुहुन्छ,सानै देखिको यो पिडा मेटाउने र हटाउने शक्ति मिलोस माध्यम हामी बन्नेछौ। सहयोगको लागि field मा सहयोगी बन्ने Amrit र यस्तै हरेक दुःखमा साहश र सहयोग जुटाउने Anuprastha foundation प्रति आभारी छु।