देश डुब्दा हेरिरहन सकिन

Share

३० हजार सहयोग पठाएका छौ भर्खरै एउटा क्यान्सरको बिरामिलाई सहयोग पठाएको थिए तर देश डुब्दा हेरिरहन सकिन।

हरदिन बिहान फोन हेर्छु,अग्निमा चिता जलेको रापले मन पोलेको जस्तो पोलिरहन्छ,७२ सालको भुकम्पमा पनि सेवा गर्न पाएको थिए त्यो बेला धनले भन्दा मनले गरेको थिए २० जना जतिलाई जिवितै निकालेको थिए,मन पिरोलिरहन्छ, मातृभूमिमा हुन नपाउनुको पिडा,मन लाग्छ अहिले जाउ सायद यि कल्पनालाई बिपनामा ब्युताउन मिल्ने भए मनले शान्ति पाउथ्यो।

प्रकोप र विपत्ति चाहे जस्तोसुकै होस, हामी हरदम गासिएकै हुन्छौ तर यस्ता प्रकोप र विपत्ति कम गर्ने र बिपतको पुर्वतयारीले धेरै धनजनको संरक्षण पक्कै गर्न सकिन्छ जन्मभुमिको माटो धुमेके र बुझेको छु,मातृभुमि जस्तोसुकै होस माटोको माया अभिन्न छ।

माटोले माग्दैन आफैले दिनुपर्छ। देशलाई आवश्यक पर्दा आफुले सक्ने सुम्पिन हरतरहबाट तयार छु,टाढा भएर धन र लत्ताकपडालाई साहारा बनाएको छु,माटो टेकेको र देखेको दिन सदैव ज्यान हाजिर हुनेछ। सहयोगको माध्यम तथा दरिलो खम्बा र अप्ठ्यारोमा पर्नुहुनेको सहारा बनिरहनुभएका सबैमा आभार अनि 100’s Group ani Routine of Nepal banda लाई धन्यबाद। सिहंदरबार बन्न नसक्नु होला तर दरिलो आधार बन्नुहोला

Leave a Comment

Your email address will not be published. Required fields are marked *