रू ३५,०००/- सहयोग पठाएका छौ। सानो छदा खल्तिमा भएको २०० पनि २००० जस्तो लाग्थ्यो तर गणित भावनाले चल्दैन रहेछ, त्यसरी नै जिन्दगिको गणितले हाम्रो हिसाब बारम्बार बिगारिरहदा जिन्दगी पनि नमिलेको हिसाब जस्तो हुदोरहेछ हो यहि वास्तविकतामा छौ।
यो पैसाले जिन्दगिभरि पिरोल्दो रहेछ हुनेलाई,अनि नहुनेलाई पनि तथापि दुःख परेको बेला नहुनुको पिडा भोग्नेलाई जति अरू कसलाई थाहा होला संसार देखाउनेकै संसार निभ्न लागेको दियो जस्तो धिपधिप गरिरहदा अगाडि बसेर तेल थप्न सकु बस साहस र आत्मबल त्तति भए हुन्छ आमा, भाग्यले धिक्कारीरहदा जस्तो विशम् परिस्थितिमा पनि आमाको आर्शिबाद छोराछोरी माथि रहिरहन्छ त्यही आर्शिवादलाई शक्तिमा बदल्नु, रगतको नाता नभएपनि जननी आमालाई रोगसंग लड्ने क्षमता मिलोस्।
तपाईको त्याग र दुःखले हुर्केका सन्तानहरूले आफ्नो कर्म कदापि भुल्ने छैनन्। समय यति बलवान छ जसले जो कोहिलाई कुनै पनि धरातलबाट खसाल्न सक्छ तर त्यसबाट माथि उठ्न साहश बटुल्नु ठुलो कुरा हो,हो त्यहि साहशको एउटा अदु्श्य शक्ति बन्ने संक्लप गरेको छु।
बाचा भयो तिमीलाई मेरो….जीन्दगीका मेरा सफलता तिमी सगैं साट्नु छ आमा बिन्ति हार नमानिदेउ।