हेरिरहे हेरिरहे त्यो जुनजस्तो मुहार खै कसरी र कुन सामर्थ्यले सुनै ति चित्कार र आशुका भेल।

Share

रू ३०,०००/- सहयोग पठाएका छौ।
हेरिरहे हेरिरहे त्यो जुनजस्तो मुहार खै कसरी र कुन सामर्थ्यले सुनै ति चित्कार र आशुका भेल, गुडिया र खेलैनामा भुल्नुपर्ने ति हातमा आलो सुईको टाटा र बलिन्द्र धारा रगतका भेल सलबलाई रहेछन जीवन फक्रिने आशामा खै के आटले लेखु र कुन शाहसले बोलु, जीवन बाच्नकै लागि रहेछ र त मनोबल गिरेको छैन। चित्कारको पिडाले,भगवान छन् भने उनलाई पोल्छ कि पोल्दैन होला? प्रश्न गरिरहन मन लाग्छ यति सानो नानिको के गल्ति होला पैतलाको डोब माटोले चिन्नु अगाडी, आखाँले संसार देख्दै गर्दा यो कस्तो परिक्षा हो भाविको ति कलिला शरिरका अगंहरूमा रगतका धारा पठाउनुपर्ने।

धर्मको अस्तित्व छ छैन थाहा छैन तर हातले समाउदा पनि दाग लाग्ला जस्ता कमलो शरिरमा हरेक महिना सियो खोप्नु परेको देखिरहदा मैले अझै पनि भगवान भनिरहेको छु,र हामीले मानिरहेको भगवानले हेरिरहेका छन् बस् चित्कार सुनेर,धिक्कार छ।

सायद पिडा र दु:खले जन्म र उमेर कसलाई नछेक्दो रहेछ। जीवन दोसाधमा धर्मराईरहेकी नानुलाई नयाँ जीवन प्राप्त होस र यो पिडा र रोगबाट चाडै निको होस। उपचार खर्च र सहयोग जुटाउन सहयोगी बन्नुहुने Anuprastha foundation लाई धन्यबाद।
Dsquare D Galaxy

Leave a Comment

Your email address will not be published. Required fields are marked *