रू ७५,००० हजार सहयोग पठाएको छु सम्झना छ मलाई जब तपाइले बाबु बिरामी भएको खबर सुनाउनु भएको थियो । त्यो १८ महिने बालकलाइ लागेको यो रोग, खै के भनु जीन्दगी को भोगाई “धन भन्दा बिद्या ठुलो” भनेर School मा पढेका बाक्य आँखा मा नाचिरहदा तेहि धन ले अल्झाउदो रैछ मान्छेलाइ जसरि आफ्नाहरुको आश्वासनमा अल्झिन्छौ हामी ।
हुन त दुःख कसलाई पर्दैन र जीबनको नियति नै त रैछ दुःख। सोच्थे कसरी साहस बटुल्नु भएको होला तर मुटु दरो पारेर उभिरहनु भएको देख्दा यो रोग भन्दा ठुलो तपाईको साहस र सामर्थ्यलाई सम्मान नगरिरहन सकिन त्यही तपाईको त्यो साहसमा अर्को एउटा इँटा थप्न खोजिरहेको छु तथापी म हेर्ने र देख्नेलाइ यो दुःख महसुस हुदा हुदै पनि तपाई कसरि शहन सकिरहनु भएको छ कल्पना गर्न सक्दिन।
भाग्य भनु वा समयको नियति केहि महिना आगाडी भेट्ने मौका मिलेको थियो, आफ्नौ आँखाले देखेको थिए बाबुलाई, हेर्दा लागेको थियो केहि भएको छैन, एउटा परिवारले दिनु पर्ने र देखाउनु पर्ने बाटोमा हिडिरहेको त्यो बालक साच्चै तपाइको नाम (राजा) अनुरुप को सिकाई सिकिरहेको छ जुन जो कोहिले सिक्न सक्दैन।
हुन त भन्न धेरै मन छ,तपाइको हिजो को Status मा भन्नु भएको जस्तै तर मन थामेर केहि लेख्नै पर्ने मात्र लेख्दै छु।
गुण लगाउनु भो नभन्नु होला तर लोभी रैछ पनि नभन्नु होला किन कि गुण फिर्ता माग्ने छु कुनै दिन,जुन दिन तपाई छोरो डोर्र्याउदै आएर भन्नुहुनेछ “ल सर बाबुलाई त पुरै निको भो नि” हो त्यहि दिन माग्नेछु तपाइको साहस र सहनशक्तिको एक अंश सापटी।
यति सबै भनिरहदा मैले बाचा गरेको थिए सक्ने गर्ने छु भनेर तर दुःखले एसपाली मेरो मा पनि बास बस्ने निधो गरेको रैछ र म पनि आप्ठेरोमा परे तथापि तपाइको दुःखलाई मेरो भन्दा माथि राख्ने बाचा गरेर यो निर्णय गरेको छु। फेरि पनि भन्दै छु सहानभुति होइन बलियो साहस अनि धैर्यता बटुलेर एति बलियो गाँठो पारेको छु जुन BLOOD CANCER रोग भन्दा बलियो छ ।
“आपा मलाई केहि रोग छैन रे Doctor ले भनेको” भन्दै तपाईको HERO घर आउने छ हो त्यहि दिन फेरि तपाईको छोरा मेरो मोटरसाईकल पछाडि होईन म तपाईको छोराको मोटरसाईकल पछाडि बसेर चितवन घुम्नेछु ।