खोई संसार देख्ने र देखाउनेको यो भिडमा जिवन चल्ने र चलाउने चक्रमा आफ्नौ गर्भ बाहेकका छोराछोरीको आमा बनिरहदा कयौ बाबु आमाको सन्तान पनि बन्ने भाग्य सायद कसैलाई मिल्ला
हुन त मातृभुमि भनेर जुन माटोले शरण दिएको छ त्यहि माटोले सिकाउदैन र सन्तानको माया? आफुले चलाईरहेको निर्जिव वस्तु त फाल्नु पर्दा चिन्ता गर्ने मानिस खै कसरी आफ्नौ सन्तानलाई यस्तो व्यवहार गर्न सक्छन। यो यहि रनभुल्लबिचको समाज क्रम र चक्रमा कोहि यस्ता मान्छे देखिन्छन भेटिन्छन जो जन्मदिने आमा सरह अथवा भन्नुपर्दा त्यो भन्दा माथि भएर रहन्छन।
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” आमा र जन्मेको माटो स्वर्गभन्दा पनि श्रेष्ठ हुन्छ,खै स्वर्ग कसले देखेको छ र? जन्मिदा नै नर्क जस्तो जीवन भोगाईको अनुभवले मरेपछि स्वर्गको के अर्थ?
यति लेखिरहदा र भनिरहदा माटोको मायाले जोगाएको र भोलिका भविष्यलाई बाटो देखाईरहनु भएको अझ गुन गरिसकेर जुन बन्न लागेका बाबुआमाको छत्रछाँया बनिरहनु भएकी सरिता नीलसागर ज्युले गरिरहनु भएको काम र कर्तव्यलाई नदेखेझौ गरिरहन सकिन।
कठिन परिस्थितिमा पनि दुधे वालकको सेवा र खानपीनमा दिनुभएको त्याग र सर्मपण,आफ्नौ आमाको त्याग र वलिदान भन्दा कम छैन।
अध्यारोबाट उज्यालो देखाईरहनु भएको तपाईलाई भोलिका कर्णधारले अवश्य खुशि दिनेछन्।
आमा शब्दको अर्थ र सार्थकता तपाईको कामको प्रशंसा विना अधुरो छ।